अर्थ मन्त्रालयकै बेरुजु सबैभन्दा धेरै, प्रदेशमा कर्णाली (पूर्णपाठ)

काठमाडौं, ३० चैत । महालेखा परीक्षकको ६० औं प्रतिवेदन अनुसार एक वर्षमा १ खर्ब २९ अर्ब बेरुजु बढेको छ । यो बेरुजु गत आर्थिक वर्ष २०७८–७९ को हो । प्रारम्भिक प्रतिवेदन अनुसार प्रदेश सरकारहरुमा सबैभन्दा धेरै बेरुजु कर्णाली प्रदेशको देखिएको छ । कर्णाली प्रदेशमा ४.४३ प्रतिशत अर्थात १ अर्ब ६८ करोड ९३ लाख रुपैयाँ बेरुजु देखिएको हो ।

कोशी प्रदेशको ३.३० प्रतिशत अर्थात् १ अर्ब ६४ करोड ६३ लाख बेरुजु देखिएको छ भने मधेश प्रदेशको २.६९ प्रतिशत अर्थात् १ अर्ब १६ करोड ३३ लाख, बागमतीको १ अर्ब ५ करोड ३१ लाख बेरुजु देखिएको छ । सबैभन्दा कम बेरुजु गण्डकी प्रदेशमा १.२४ अर्थात ४९ करोड ३५ लाख रुपैयाँ देखिएको छ । लुम्बिनी प्रदेशले १ अर्ब ४९ करोड ८१ लाख अर्थाात २.६२ र सुदूरपश्चिम प्रदेशको २.५८ प्रतिशत अर्थात ९१ करोड ९६ लाख बेरुजु देखिएको छ ।

प्रतिवेदन अनुसार मन्त्रालयगत रुपमा सबैभन्दा धेरै बेरुजु अर्थ मन्त्रालयको देखिएको छ । अर्थ मन्त्रालयको मात्रै बेरुजु ५७. ६६ प्रतिशत बराबर छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको बेरुजु दोस्रोमा छ ।

उक्त मन्त्रालयको १५.६२ रहेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको ४.८१, कृषि तथा पशुपन्छी विकास मन्त्रालयको ४.५१, गृहको २.७९, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको २.३८, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको २.३ प्रतिशत बेरुजु छ ।

शहरी विकासको १.९५, खानेपानी मन्त्रालयको १.५६, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १.५४ र अन्य मन्त्रालयको ४.८८ प्रतिशत बेरुजु रहेको महालेखाले जनाएको छ । प्रतिवेदनअनुसार गत आर्थिक वर्ष १ खर्ब २९ अर्ब रुपैयाा बराबरको बेरुजू देखिएको छ । हालसम्म फर्स्यौट हुन बााकी बेरुजू ५ खर्ब ८७ अर्ब ३४ करोड रहेको महालेखाले जनाएको छ ।

महालेखापरिक्षकको%20साठिऔँ%20वार्षिक%20प्रतिवेदन,%20२०७९.pdf

Leave a Reply

Your email address will not be published. Required fields are marked *