नेशनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा
काठमाडाैं, ३ वैशाख । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यस आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
इन्स्योरेन्सकाे कायम भएकाे चुक्ता पूँजीको ८ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ६.५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
इन्स्योरेन्सको २०७९ चैत ३० गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात इन्स्योरेन्सले लाभांश वितरण गर्नेछ।
