बुद्धको द्वन्द्ववाद अनुकरणीय छ, बुद्धिष्ट कूटनीति अघि बढाऔँः हिरण्यलाल श्रेष्ठ परराष्टविद् (अन्तर्वार्ता)

 

 

 

काठमाडौं, ६ वैशाख । परराष्टविद् हिरण्यलाल श्रेष्ठले बुुद्धधर्म विश्वले स्वीकार गरेको धर्म भएको बताउनु भएको छ । मैत्रिसम्वादमा कुराकानी गर्दै उहाँले यस्तो बताउनु भएको हो । ‘बुद्धधर्ममा अतिवाद छैन, मध्ययममार्ग छ,’ उहाँले भन्नुभयो, ‘कतिपयले कम्युनिष्टले कम्युनिष्ट भएर बुद्धधर्म मान्ने ? भन्लान तर बुद्ध जातिय छूवाछुत, भेदभाव र वर्ग व्यवस्थाको ठूलो विद्रोही पनि हुन् ।’ उहाँले बुद्ध द्वन्द्ववादी भएको दाबी गर्नुभयो । ‘होला कम्युनिष्टहरुले आफूलाई भौतिकवादी भन्छन् बुद्ध अध्यात्मवादी होलान तर द्वन्द्ववाद सिक्ने हो र जातिय छूवाछुत, भेदभाव र वर्ग व्यवस्थाको विरोध गर्ने बुद्धको विचार कम्युनिष्टहरुले अनुकरण गर्नुपर्ने खालको छ,’ उहाँले भन्नुभयो, ‘म आफैँ पनि बुद्ध दर्शनमार्फत विश्वमा शान्ति फैलाउन सकिन्छ भन्ने मान्यताका साथ आकर्षित भएको हुँ । पञ्चशीलको सिद्धान्त नै बुद्ध दर्शनबाट आएको छ । शान्तिपूर्ण सहअस्तित्वको माध्ययमबाट विश्वको कूटनीति जोडिनुपर्छ भन्ने मान्यता बुद्ध दर्शनमा भएकाले म आकर्षित भएको हुँ ।’