पदम लिम्बूको शवयात्रामा ब्यारिकेड तोडेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप
काठमाडाैं, ९ वैशाख । कोशी नाम खारेजीकाे माग गर्दै आन्दोलनमा हाेमिएर ज्यान गुमाएका पदम लिम्बू लाजेहाङको शव यात्राका क्रममा विराटनगरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएकाे छ ।
चैत ५ गते कोशी नाम खारेजीकाे माग गर्दै विराटनगरमा गरिएकाे आन्दोलनमा घाइते भएका उनको चैत १० मा मृत्यु भएको थियो।
उनकाे मृत्युपश्चात सरकारले मृतकलाई सहिद घोषणा गरेर क्षतपुर्ति दिएपछि आज उनको अन्त्येष्टी गर्नलागिएकाे हाे । अन्त्येष्टी अघि उनको शव विराटनगर परिक्रमा गराउने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो।
प्रदर्शनकारीहरू उग्र बन्दै रोडशेषमा ब्यारिकेड तोडेर अघि बढ्न खोजेपछि आन्दाेलनकारीलाई राेक्न खोज्दा प्रहरीसंग झडप भएको हो।
झडपका क्रममा प्रहरीले दर्जनाै सेल अश्रुग्यास प्रहार गरेकाे छ ।