नेप्से परिसूचक १७.३६ अंक बढ्यो, कारोबार रकम साढे ८८ करोड

काठमाडाैं, १२ वैशाख । मंगलबार नेप्से परिसूचक १७ अंकभन्दा बढी बढेर बन्द भएको छ। यस दिन नेप्सेसँगै कारोबार रकम पनि बढेको छ।

यस दिन नेप्से परिसूचक १७.३६ अंक बढेर १९०५.६८ विन्दुमा पुगेको छ। त्यसैगरी सेन्सेटिभ इण्डेक्स ४.२७ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.३० बढेको छ।

यस दिन २६४ स्टकको २७ हजार ७६६ पटकको कारोबारमा ८८ करोड ५५ लाख ७८ हजार रुपैयाँ बराबरको २७ लाख कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य सर्वाधिक ८ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन खप्तड लघुवित्तको शेयरमूल्य ७.८५ प्रतिशत बढेको छ।

कारोबारमा आएको सनराइज ब्लुचिप फण्डको इकाईमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ।कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ।

सो कम्पनीको यस दिन ७ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन कालिञ्चोक दर्शनको ३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन म्युचुअल फण्ड उपसमूह बाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.९२ प्रतिशत बढेको छ।