नेप्से परिसूचक १३.६८ अंक घटेर बन्द

काठमाडाैं, १३ वैशाख । बुधबार नेप्से परिसूचक घटेर बन्द भएकाे छ । यस दिन दिन नेप्से परिसूचक १३.६८ अंक घटेर १८९२ विन्दुमा झरेको छ। त्यस्तै

दोस्रो बजारमा कारोबारमा आएका २६४ स्टकमध्ये १९३ स्टकको मूल्य घटेको छ। यस दिन ५९ स्टकको मूल्य बढेको छ भने बाँकी १२ स्टकको मूल्य स्थिर रहेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स २.११ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.०१ अंक घटेकाे छ ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। यस दिन २६४ स्टकको २३ हजार २६३ पटकको कारोबारमा ८४ करोड २५ लाख रुपैयाँ बराबरको २५ लाख ५७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन मूल्य बढेका ५९ स्टकहरुको वृद्धिदर कम रहेको छ। मूल्य बढेका कम्पनीहरुको शीर्ष स्थानमा यस दिन जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था रहेको छ। सो स्टकको मूल्य यस दिन ३.२५ प्रतिशत बढेको छ।

अन्य स्टकहरुको मूल्य वृद्धिदर ३ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको सनराइज ब्लुचिप फण्डको इकाईमूल्य यस दिन सर्वाधिक ९.१२ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७ करोड १ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये लगानी उपसमूहको परिसूचक सर्वाधिक १.३३ प्रतिशत घटेको छ।