सरकारलाई दिएको समर्थन आजै फिर्ता हुनसक्छ : लामिछाने

काठमाडौ, १५ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन आजै फिर्ता लिनसक्ने बताउनुभएकाे छ ।

संघीय संसद सचिवालय सिंहदरबारमा शुक्रबार शपथ लिनुभएपछि पत्रकारहरुसंग कुरा गर्दै वहाँले
यस्ताे बताउनुभएकाे हाे ।

उहाँले भन्नुभयाे ‘सरकारमा जाने विषयमा सोच्ने कुरा छैन। समर्थनमा के गर्ने भन्ने विषयमा भने छलफल गर्नुपर्ने हुन्छ। शपथ सकिएसँगै संसदीय दल र केन्द्रीय समितिको बैठक बसेर गम्भीर समीक्षा गर्नेछौं।’

उहाँले सरकारलाई दिएको समर्थनको विषयमा के गर्ने सोच्नुपर्ने विषय भएको बताउँदै पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकमा यसबारे छलफल गरेर निर्णय लिने जानकारी दिए ।