हामी पुँजीवाद विरोधी हौँ तर पुँजी विरोधी होइनौँः केपी ओली (भिडियो)

काठमाडौं, १८ वैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भ्रम र भावनाबाट देश नबन्ने बताउनु भएको छ । उहाँले देश बनाउनका लागि सही नीति आवश्यक हुने बताउनु भएको छ । नेपाल ट्रेड युनियन महासंघ ( जिफन्ट) ले ‘हाम्रो अधिकार खोसिँदैछन्, संगठित होऔं, प्रशिक्षित होऔं, परिचालित होऔँ अधिकारका लागि हस्तक्षेप गरौं’ भन्ने मूल नारासहित आज काठमाडौंको भृकुटी मण्डपमा आयोजना गरेको १३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा सम्वोधन गर्दै यस्तो बताउनु भएको हो । ‘ भ्रमबाट र भावनाबाट देश बन्दैन,’ उहाँले भन्नुभयो, ‘देश बनाउनका लागि सही नीति चाहिन्छ ।’

ओलीले औचारिक र अनौपचारिक क्षेत्र बन्द भएको स्मरण गराउँदै धेरै संस्थाहरु बेचेर खाने काम भएको आरोप लगाउनुभयो । ‘धेरै संस्थाहरु नीजिकरणका नाममा कौडीको मोलमा बेचेर खाने काम भएको छ । सार्वजनिक स्वामित्वमा रहेका संस्थालाई कौडीको मोलमा बेचेर अर्थतन्त्रलाई टाट पल्याटउने काम पहिला पनि भएको थियो । अहिलेको सरकारले पनि त्यस्तै गरिरहेको छ ।’

उहाँले सत्ताधारी दलकै जिम्मेवार नेताहरुले नै मजदुरहरुको देशमा छालाजुत्ता किन चाहियो ? कागज कारखाना किन चाहियो ? भन्दै भाषण गरेको भन्दै त्यस्ता सोँच भएका व्यक्तिहरुबाट देश नबन्ने दाबी गर्नुभयो । ‘युवाहरु बहकिने होइन सचेत समूदाय हो,’ उहाँले भन्नुभयो, ‘आफने भविश्य कस्तो बनाउने भन्ने विचार युवाले बनाउनुपर्छ र त्यहि अनुसार सोच्नुपर्छ । हामी मलेसिया र सिंगापुर देखेको छौँ । त्यहाँ संगठित चेतले त्यो संभव भएको हो । छिट्टफुट आवेगबाट देश बन्दैन भन्ने युवाले बुझ्नुपर्छ ।’
उहाँले तीन वर्षमा नेकपा एमालेले मुलुकको नेतृत्व गरेका बेला देशले असाधारण परिवर्तनको सन्देश दिएको पनि स्मरण गराउनुभयो । ‘भूकम्पले क्षतिग्रस्त संरचना पुर्ननिर्माण गरेको थियौँ,’ उहाँले भन्नुभयो, ‘हजारौँ किलोमिटर कालोपत्रे र पुल निर्माण गरेका थियौँ । रानीपोखरी र धरहरा पुर्ननिर्माण गरेका थियौँ । रेल किनेर ल्याएर जनकपुरमा रेल कुदाएका थियौँ ।’

राम्रो का मगर्दै गर्दा पनि विरोधीहरुहले केही गरेन भनेर हल्ला चलाएको आरोप लगाउनुभयो । उहाँले एमालेले सरकार छाडेको दुई वर्ष पुग्न नपाउँदै वर्तमान सरकारका अर्थमन्त्रीले कर्मचारीलाई तनाखा खुवाउनै नसक्ने अवस्थामा अझै पुगेका छैनौँ भन्दै देशको अर्थतन्त्र गम्भीर अवस्थामा पुगेको संकेत गरेको स्मरण पनि गराउनुभयो ।
‘नेपाली जनता गम्भीर हुनुपर्ने अवस्थामा आएको छ । अनेकप्रकारका तत्वहरु सक्रिय भएर चलमलाउन थालेका छन् । कोही–कोही दूलोबाट फुत्न निस्केर अनुकुल अवस्था आयो कि आएन भनेर हेर्न थालका छन्,’ उहाँले भन्नुभयो, ‘जनता सचेत बन्नु परेको छ । केही पनि गर्न नसक्ने सरकार बसिरहेको छ ।’

सिंहदरबारको फोहोर जसले उठाउने नै होइन उही त्यहाँको फोहोर उठाउँदिन भन्दा सरकार उसले उठाउने होइन भन्न नसक्ने अवस्थामा पुगेको भन्दै ठेकेदारसँग सरकारको सम्वन्धन के–हो ? खोज्नु पर्ने भएको ओलीले बताउनुभयो ।

‘ठेकेदारले सिंहदरबारमा फोहोर थुपारेर रोग फैलाउन पाउँछ,’ उहाँले प्रश्न गर्नुभयो, ‘फोहोरमाथि राजनीति भैरहेको छ । सरकार निरीह भएको छ । सहरी विकास मन्त्रालयले हो फोहोर उठाउने भनेर सरकार भन्न सक्दैन । अनेक प्रकारका खेल गलत उदेश्यका साथ भैरहेका छन्,’ यो बुहत चिन्ताको विषय हो ।’

उहाँले सम्वोधन गर्दै मजदुरका जायज मागलाई लिएर अघि बढ्नु पर्नेमा जोड दिनुभयो । ‘एकजना किसान अनशन बसिरहेको छ । कुनै बुद्धिजीवी र अरु कसैलाई मतलव छैन तर एकजना प्रोफेसर अनशन बस्यो भने भोलिपल्टै सञ्चारमाध्यमहरु रंगिन हुन्छन् । बुद्धिजीवीहरु कराएर खप्नु–खानु हुँदैन,’ ओलीले भन्नुभयो, ‘अनि एउटा किसान नेता अनशन बस्दा सबै किन चुपचाप ? मानवीय संवेदनशीलता फरक–फरक हुन्छ ? यहाँ फरक–फरक भएको छ । यहाँ फरकफरक व्यवहार गरिएको छ ।’

उहाँले सबै कुरा घटिया राजनीतिक स्वर्थपुर्तिका लागि हुने गरेको भन्दै मजदुरहरु आपसी एकतामा सुदृढ हुनुपर्नेमा जोड दिनुभयो । ‘मजदुरहरु त्यसैले एकजुट भएर मजदुरको हित गर्ने प्रणालीमा लाग्नु होला,’ उहाँले भन्नुभयो ।

उहाँले श्रमविजी जनताको हित गर्ने प्रणाली समाजवाद मात्रै भएको दाबी गर्नुभयो । ‘नेपाली जनताको भलाई कहाँ पुगेपछि हुन्छ भन्दा समृद्ध नेपाल सुखी नेपाली जुन हामीले गन्तव्य तोकेका छौँ । हो त्यहाँ पुगेपछि हुन्छ । त्यहाँ पुगेपछि मात्रै समानताको अधिकार प्राप्त हुन्छ,’ उहाँले भन्नुभयो, ‘मजुदुरहरुले सताव्दीयौँदेखि उठाएको माग सम्मानित जीवन र श्रमको सम्मान हो । यी कुरा उपयुक्त सरकारले मात्रै लैजाने रहेछ भन्ने संसारभर थाहा भएको कुरा हो ।

उहाँले पुँजीपतिहरुले टे«ड युनियन आन्दोलनलाई कमजोर पार्नेहरुले टे«ड युनियन भित्र खेलेर अन्तरविरोध ल्याएर, विभाजन ल्याएर फटाएर आफ्ना स्वार्थ पूरा गर्न सकेको बताउनुभयो । नत्र पुँजीपति वर्गले आफ्ना स्वार्थ पूरा गर्न नसक्ने बताउनुभयो । उहाँले त्यसका लागि मजदुर वर्ग एक हुनुपर्नेमा पनि जोड दिनुभयो । ‘हामी पुँजीवाद विरोधी हौँ तर पुँजी विरोधी होइनौँ । हामी समृद्धिको पक्षमा छौँ,’ उहाँले भन्नुभयो । ओलीले पुँजी हुनुपर्छ, धनी हुनुहुपर्छ भन्दै पुँजी हुनुपर्छ भनेको समृद्धि हाँसिल हुनुपर्छ भनेको हो भन्नुभयो । ‘हामी समृद्धिका पक्षमा छौँ,’ उहाँले भन्नुभयो, ‘शोषणका पक्षमा होइन ।’ उहाँले राष्ट्रिय पुँजीको विकासको पक्षमा रहको पनि बताउनुभयो । ‘हरेक नेपालीको आम्दानी खर्च भन्दा बढी होस् भन्ने चाहन्छौँ,’ हामी सवल अर्थतन्त्र चाहन्छौ । यस दिशामा लाग्न सबैलाई लाग्न आग्रह गर्दछु ।’

कार्यक्रममा जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले वैदेशिक रोजगारीमा गएका श्रमिकको रेमिट्यान्सलाई मुलुकको हितमा प्रयोग गर्नुपर्नेमा मुलुक भित्रै आउन नदिने खेलमा अहिलेको सरकार लागेको आरोप लगाउनु भयो । उहाँले कोभिडका कारण खुम्चिएको वैदेशिक रोजगारीमा जाने अवस्थामा अहिले सुधार हुँदै आएको भन्दै उहाँले बाहिरी मुलुकबाट आउने रकममा खासै वृद्धि नभएको बताउनुभयो । उहाँले ‘२०७५ सालमा ३ दशमलब ३९ प्रतिशत प्रतिष्ठानमा बाल श्रमको प्रयोग भएकोमा यो वर्ष शून्य दलमलब ७५ प्रतिशत रहेको छ,’ जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले भन्नुभयो, ‘श्रम अडिट गरिएको प्रतिष्ठानमा महिला श्रमिकको अनुपात ३२ दशमलब ४७ प्रतिशत र पुरुष श्रमिकको अनुपात ६७ दशमलब ५३ प्रतिशत छ । भारतीय तलगायतका विदेशीलाई काममा लगाउने प्रतिष्ठानको संख्या १९ दशमलब १६ प्रतिशत रहेको भए पनि ती मध्ये ८० प्रतिशतले श्रम इजाजत लिने गरेका छैनन् । यो २०७५ सालको तुलनामा १६ प्रतिशतले बढी हो ।’

उहाँले ओभरटाइममा श्रमिकलाई काममा लगाउने प्रतिष्ठान ४६ दशमलब ४० प्रतिशत रहेको भन्दै २०७५ सालको तुलनामा १३ प्रतिशतले कम भएको जानकारी दिएको छ । यद्यपि यो तथ्याङकले कोभिड १७ पछि प्रतिष्ठानको काम साविकको अवस्थामा फर्किने क्रममा रहेको संकेत गरेको उहाँले जानकारी दिनुभयो ।

उहाँले विगतको तुलनामा न्युनतम पारिश्रमिक पाउने अवस्थामा सुधार भए पनि अझै १५ दशमलब ३० प्रतिशत श्रमिकहरुले न्युनतम पारिश्रमिक नपाएको समेत जानकारी दिनुभयो । उहाँले श्रम शोषणको प्रकृति अहिले फरक भएकाले श्रम शोषण अन्त्य गर्ने र श्रमको उचित पारिश्रमिकका लागि संस्थाको तर्फबाट निरन्तर खवरदारी भइरहेको पनि जानकारी दिनुभयो । ‘नेपालको संविधान र श्रम ऐनले मुलुकबाट श्रम शोषणको अन्त्य गर्ने व्यवस्था गरे पनि व्यवहारिक कार्यान्वयन हुन सकेको छैन,’ उहाँले भन्नुभयो, ‘श्रम शोषणको रुप परिवर्तन भएको छ । पहिले भौतिक रुपमा श्रमिकको श्रम शोषण हुन्थ्यो अहिले बौद्धिक रुपमा श्रम शोषण हुनेगर्छ ।’

नेपालमा करिब डेढ करोड श्रमिक रहे पनि अधिकांश श्रमिकले सरकारले तोकेको न्यूनतम पारिश्रमिक पनि नपाएको अध्यक्ष श्रेष्ठको भनाइ छ । सरकारले श्रमिकका लागि न्युनतम पारिश्रमिक १५ हजार रुपियाँ तोके पनि ग्रामीण भेगका श्रमिकहरुले दुई छाकका लागि श्रम बेच्न बाध्य भइरहेको उहाँको भनाइ छ ।

विदा पाउने विषयमा समेत श्रमिकहरु पीडित भइरहेको चर्चा गर्दै उहाँले घर विदा, प्रसुति विदा, प्रसुती स्याहार विदामा समेत श्रमिकलाई शोषण गर्ने गरिएको बताउनुभयो ।