लुम्बिनीका मुख्यमन्त्री चाैधरीले लिए विश्वासको मत

दाङ, १९ वैशाख । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चाैधरीले विश्वासकाे मत पाउनु भएकाे छ ।

मंगलबार बसेको प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री चाैधरीले विश्वासको मत लिनुभएकाे हाे ।

उहाँले ८७ जना प्रदेश सभा सदस्यकाे बहुमत प्राप्त गरेपछि विश्वासकाे प्रस्ताव स्वीकृत भएको सभामुख तुलाराम घर्तीले सदनलाई जानकारी दिनुभयाे ।

उहाँकाे पक्षमा ५३ र विपक्षमा २९ मत खसेकाे छ। उहाँले मुख्यमन्त्रीमा नियुक्त भएको ६ दिनमा विश्वासको मत लिनुभएकाे हाे ।

सहभागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने तथस्ट बसेको छ। राप्रपाका चार सांसद् मध्ये दुई जना मात्रै उपस्थित भएका थिए।

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चौधरी नियुक्त भएका थिए। मुख्यमन्त्री नियुक्त भएको तीस दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।
मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गरेपछि बल्ल सरकारले पूर्णता पाउने छ।