तनहुँको बिपी भञ्ज्याङका आमाछोरा १७ दिनदेखि बेपत्ता

तनहुँ, १९ वैशाख । तनहुँको व्यास नगरपालिका–१० बिपी भञ्ज्याङका २० वर्षीया राममाया विक र उनका चार वर्षीय छोरा लप्सन १७ दिनदेखि बेपत्ता भएका छन् ।

उनीहरू दुवैजना यही वैशाख ३ गतेदेखि बेपत्ता भएका हुन् । माइतीघर तथा आफन्तजन, इष्टमित्र सबै कहाँ खोजी गरे पनि फेला नपरेको राममायाका श्रीमान् लोकबहादुर विकले बताए।

“आमाछोराको खोजीका लागि प्रहरी कार्यलयमा जाहेरी दिएको छु, तर कुनै खबर नपाउँदा चिन्ता थपिएको छ”, उनले भने ।

भारतको रोजगारीमा रहेका विक श्रीमती हराएको खबर पाएलगत्तै नेपाल फर्किएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *