नेप्से ४.२७ अंकले घट्याे, शेयर बजारमा ६९ करोड कारोबार

काठमाडाैं, १९ वैशाख । मंगलबार नेप्से परिसूचक ४.२७ अंकले घटेको छ। साथै काराेबार रकम पनि घटेकाे छ ।

यस दिन नेप्से ४.२७ अंक घटेर १८६६.४० बिन्दुमा बन्द भएको छ। यस दिन काराेबार रकम घटेर २७१ वटा धितोपत्रको २३ लाख ३३ हजार ९९५ कित्ता सेयर ६९ करोड १० लाख १९ हजार २१२ रुपैयाँमा काराेबार भएको छ।

यस दिन आत्मनिर्भर लघुवित्तको सेयरमूल्य सर्वाधिक ८.२० प्रतिशतले बढेको छ। यस दिन उक्त कम्पनीको सेयरमूल्य ४३६ रुपैयाँ ९० पैसा पुगेको छ। यस्तै, सनराइज डिवेञ्चरको मूल्य ४.९७ प्रतिशतले बढेकाे छ।

यसैगरी, स्वेत गंगा हाइड्रोपावरको सेयरमूल्य ४.७० प्रतिशतले घटेकाे छ भने मिथिला लघुवित्तको सेयर मूल्य ४.५७ प्रतिशतले घटेको छ। मंगलबार हिमालयन डिष्टिलरीको शेयर सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार नौ सय रुपैयाँमा २ करोड ४४ लाख बराबरको सेयर कारोबार भएको हो।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा परिसूचकमध्ये सात समूहको परिसूचक बढेको छ भने बाँकी छ समूहको परिसूचक घटेको छ।