तनहुँको बन्दीपुरमा ट्रकले घरमा ठक्कर दिँदा ११ जना घाइते
तनहुँ, २० वैशाख । तनहुँको बन्दीपुर गाउँपालिका-५ याम्पा आँधीखोलाकाे सडकछेउ रहेको घरमा ट्रकले ठक्कर दिंदा घरभित्र रहेका एघार जना घाइते भएका छन् ।
पृथ्वीराजमार्ग अन्तर्गत सडकछेउ रहेको घरमा ना ४ ख १९७३ नम्बरको ट्रकले ठक्कर दिँदा घरमा क्षति भएको छ भने विद्यालय जान बस कुरिरहेका विद्यार्थी समेत घाइते भएको प्रहरीले जनाएकाे छ।
ट्रकको ठक्करबाट घाइते हुनेहरूमा स्थानीय १० वर्षीया जस्मि भुजेल, ७ वर्षीय सानुभाई भुजेल, ३५ वर्षीया शान्ता भुजेल, ४१ वर्षीय चेतबहादुर घर्ती, ७० वर्षीय सनबहादुर भुजेल, ११ वर्षीया आयुष भुजेल, ७ वर्षीया आयुषा भुजेल, १० वर्षीय इश्वर भुजेल, ८ वर्षीय घैटे भुजे, २६ वर्षीया सवि भुजेल र ३३ वर्षीया सुनमाया भुजेल रहेका छन् ।
घाइतेहरुलाई उपचारका लागि चितवन पठाइएको प्रहरीले जनाएको छ । ट्रक चालक आँबुखैरहनीकाे प्रहरी नियन्त्रणमा छन् । स्थानीयले अहिले सडक अवरुद्ध गरिरहेकाे प्रहरीले जनाएकाे छ ।