दार्चुला हिम पहिरो : दुई महिलासहित तीन जनाको शव भेटियो

दार्चुला, २० वैशाख । दार्चुलाको व्यास गाउँपालिका–१ मा हिमपहिरोमापरि हराएका पाँच जनामध्ये दुई महिला र एक पुरुषको शव फेला पारेको छ ।

मंगलबार यार्सागुम्बा टिप्न गएका १२जनामध्य सात जनाको सशस्त्र प्रहरीले उद्धार गरेको थियो हिमपहिरोमा परी पाँचजना सम्पर्कबिहीन थिए ।

दार्चुलाको छाङरुमा रहेको सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टले केहीबेर अघि बेपत्ता भएको ठाउँबाट करिब अढाइ किलोमिटर तल हिउँभन्दा बाहिर मृतावस्थामा तीन शव भेटिएको जानकारी दिनुभयो । शव भेटिए पनि पहिचान भने खुलिसकेको छैन् ।

मंगलबार दिउँसोदेखि सशस्त्र प्रशरीकाे टोली उद्धार तथा खोजीमा खटिएको भए पनि लगातारको हिमपात र वर्षाका कारण कठिनाइ भइरहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *