नेपाल धितोपत्र बोर्डबाट नयाँ थप १३ ब्रोकर कम्पनीले पाए आशय पत्र (एओआई)
काठमाडाैं, २१ वैशाख । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नयाँ थप १३ वटा ब्रोकर कम्पनीहरूलाई आशय पत्र (एओआई) दिएको छ।
बोर्डको बुधवारको बैठकले ती थप १३ नयाँ कम्पनीहरुलाई आशय पत्र दिने निर्णय गरेको हो।
बोर्डले पहिलो चरणमा १६ वटा कम्पनीलाई आशय पत्र दिएको थियो। योसंगै आशय पत्र पाउने कम्पनी २९ वटा पुगेको छ।
नयाँ ब्रोकर सञ्चालनका लागि बोर्डमा आवेदन दिएका बाँकी कम्पनीको अध्ययन भइरहेको बोर्डले जनाएकाे छ ।
आयश पत्र पाएका कम्पनीहरुले बोर्डले तोकेको मापदण्ड अनुसार पूर्वाधार तयार गर्नुपर्छ। बोर्डकाे अनुगमन पश्चात मापदण्ड पुरा गरेका कम्पनीहरुलाई ब्रोकर लाईसेन्स दिइन्छ ।
आशयपत्र पाउने कम्पनीहरुः