सुनको मूल्यले बनायाे नयाँ रेकर्ड, कति पुग्याे तोलाकाे ?

काठमाडाैं, २१ वैशाख । सुनको मूल्य बढेर आज नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज प्रतितोला रु एक हजार दुई सयले बढेर काराेबार भएकाे छ ।

महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार दुई सयले बढेर एक लाख ११ हजार आठ सय कायम भएकाे छ ।

महासङ्घका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार दुई सय ५० पुगेको छ । साथै चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ४५ पुगेको छ ।