नेप्से परिसूचक करिव १७ अंकले घट्यो, काराेवार रकम ८२ करोड ४२ लाख
काठमाडाैं, २५ वैशाख । साताको दोस्रो कारोबार पनि नेप्से परिसूचक घटेर बन्द भएको छ। यस दिन नेप्से परिसूचक घटेपनि काराेवार रकम भने बढेकाे छ ।
यसदिन नेप्से परिसूचक १६.९३ अंक घटेर १८३३.६९ विन्दुमा पुगेकाे छ। यस दिन सेन्सेटिभ इण्डेक्स २.४१ अंक घटेको छ।
अघिल्लो कारोबार दिन ६० करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २७० स्टकको २५ हजार ५८८ पटकको कारोबारमा ८२ करोड ४२ लाख रुपैयाँ बराबरको २८ लाख १० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन विन नेपाल लघुवित्तको शेयरमूल्य सर्वाधिक ८.०५ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन आत्मनिर्भर लघुवित्तको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ।
यस दिन इष्टर्न हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, शिवश्री हाइड्रोपावरको शेयरमूल्य यस दिन ६ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा यस दिन पनि शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। कम्पनीको यस दिन ३ करोड ७८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
सोमबार होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २.४४ प्रतिशत घटेको छ। कारोबारमा आएका वित्त, जलविद्युत, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ।
