नक्कली भुटानी शरणार्थी प्रकरण

पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई बयानका लागि सरकारी वकिलको कार्यालय लगिँदै

काठमाडाैं, १ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा लगिएको छ ।

खाणसहित १२ आरोपितहरूलाई प्रहरीले चार दिनको म्याद थप गरेपछि आज खाणलाई बयानका लागि सरकारी वकिलको कार्यालय लगिएको हो ।

यससम्बन्धमा प्रहरीले अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाउनेछ। खाण वैशाख २७ गते पक्राउ परेका थिए ।

सरकारी वकिलको कार्यालयले प्रहरीलाई चार दिनभित्र आरोपितहरुको अनुसन्धान प्रतिवेदन बुझाउन आइतबार निर्देशन दिएको थियो ।

सरकारी वकिल र प्रहरीले खाणका निजी सचिव नरेन्द्र केसी र पूर्वगृहसचिव टेकनारायण पाण्डेको बयान आइतबार लिइसकिएकाे छ। हालसम्म पक्राउ परेका ११ जनाको बयान सकिएको छ।

आइतबार बेलुका टोपबहादुर रायमाझी पनि पक्राउ परेका छन् । उनलाई आज जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइँदैछ।