निरन्तर ओरालो लाग्यो नेप्से

काठमाडाैं, १ जेठ । नेप्से परिसूचक निरन्तर ओरालो लागेको छ । आज चौथो कारोबार दिन पनि नेप्से घटेर बन्द भएको हो।
साेमबार नेप्से परिसूचक ३.३४ अंक घटेर १८१८.३१ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.५७ अंक घटेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। यस दिन २६६ स्टकको २० हजार १५८ पटकको कारोबारमा ७२ करोड ४९ लाख रुपैयाँ बराबरको २३ लाख ४१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
सोमबार एनआईबिएल ग्रोथ फण्डको इकाईमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो म्युचुअल फण्डको इकाईमूल्य ९.८८ प्रतिशत बढेको छ।
त्यस्तै यस दिन आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ।
मर्जरपश्चात यसैदिनदेखि कारोबारमा आएको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको शेयरमूल्य सर्वाधिक ६.४५ प्रतिशत घटेको छ। यस दिन बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको शेयरमूल्य करिब साढे ५ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन एनआईसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । १३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ।