भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य
काठमाडाैं, २ जेठ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ ।
नेपाल आयल निगमलाई आइओसीले अघिल्लो मूल्यभन्दा पेट्रोलमा प्रतिलिटर ९ रुपैयाँ ५२ पैसा तथा डिजल ८ रुपैयाँ १३ पैसाका दरले घटाएर मूल्यसूची पठाएको निगमले जनाएको छ ।
आईओसीले पाक्षिक रुपमा निगमलाई नयाँ मूल्यसुची पठाउने तालिका अनुसार मंगलबार पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो ।
आईओसीले अन्तर्राष्ट्रिय मूल्यको आधारमा निगमलाई नयाँ मूल्य पठाउने गर्दछ । अघिल्लो पटक पनि आइओसीले मूल्य घटेर आएपनि सञ्चिति नोक्सानी देखाउँदै निगमले मूल्य समायोजन गरेको थिएन ।
निगमले उपभोक्तालाई पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ तथा डिजेल १६५ रुपैयाँमा बिक्री गर्दै आएको छ ।