२३ अंकले बढ्यो नेप्से सँगै कारोबार पनि

काठमाडाैं, ३ जेठ । बुधबार नेप्से परिसूचक २३ अंकले बढेकाे छ । नेप्से सँगै यस दिन कारोबार पनि बढेर बन्द भएकाे हाे ।

यस दिन नेप्से परिसूचक २३.३९ अंक बढेर १८४५.०१ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४ अंक बढेको छ ।

अघिल्लो कारोबार दिन ६४ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २६६ स्टकको २५ हजार ६३४ पटकको कारोबारमा ८५ करोड ७६ लाख रुपैयाँ बराबरको २५ लाख ७७ हजार कित्ता शेयर कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५ करोड ४४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

त्यस्तै, यस दिन नेपाल टेलिकम र एनआईसी एशिया बैंकको ४ करोड ७४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

बुधबार आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन ग्रीनलाइफ हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने आदर्श लघुवित्त वित्तीय संस्था र इष्टर्न हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ।

यस दिन माइ खोला हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ७.९३ प्रतिशत घटेको छ भने यूनिक नेपाल लघुवित्तको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक २.३७ प्रतिशत बढेको छ।