प्रतिनिधिसभा बैठक

आज सांसदले सोधेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं, ४ जेठ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक संसद् भवन, बानेश्वरमा बिहान ११ बजे बस्न लागेको हो ।

आज बस्ने भनिएकाे बैठक प्रतिनिधिसभाको दोस्रो अधिवेशनको छैटाैं बैठक हाे ।

संघीय संसद् सचिवालयका अनुसार आजकाे सम्भावित कार्यसूचीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाका सदस्यहरूले सोधेको जवाफ दिने कार्यक्रम रहेको छ ।

साथै, प्रधानमन्त्री प्रचण्डले ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सबन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको आर्थिक वर्ष २०७८र७९ को वार्षिक प्रतिवेदन पनि पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।