राष्ट्रियसभाको बैठक आज बस्दै
काठमाडौँ, १८ साउन । सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ ।
नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो १ः१५ बजे बस्ने बैठकका लागि सङ्घीय संसद् सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।
आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले ‘मधेसी आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्नुहुने कार्यसूची रहेको छ । यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘मधेस प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८३’ सभामा पेस गर्नुहुनेछ ।