नेप्से परिसूचक ३२.३० अंक बढ्याे, कारोबार रकम १ अर्ब नाघ्याे
काठमाडाैं, ४ जेठ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ३२.३० अंक बढेर १८७७.३२ विन्दुमा पुगेको छ।
नेप्से परिसूचक पछिल्लो तीन कारोबार दिनदेखि निरन्तर बढेकाे हो। यस दिन सेन्सेटिभ इण्डेक्स ५.२३ अंक बढेको छ ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। यस दिन बजारमा २६४ स्टकको ३२ हजार ५७९ पटकको कारोबारमा १ अर्ब ४७ करोड ४७ लाख रुपैयाँ बराबरको ४४ लाख २२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
कारोबार रकमका आधारमा यस दिन नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८ करोड ६३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन शिवम् सिमेन्ट्सको ७ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।
बिहीबार दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन हिमालयन उर्जा विकास कम्पनी र आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.७५ प्रतिशत बढेको छ।
यस दिन व्यापार उपसमूहको परिसूचक ३.७१ प्रतिशत बढेको छ भने विकास बैंक, वित्त, जलविद्युत, जीवन बीमा र लघुवित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।