भारतमा २ हजारको नोटमा प्रतिबन्ध

एजेन्सी, ६ जेठ । भारतले दुई हजार दरको नोटमा प्रतिबन्ध लगाएकाे छ।

भारतीय रिजर्व बैंकले हिजाे एक सूचना जारी गरी २ हजारको नोटमा प्रतिबन्ध लगाएकाे हो।

भारतीय रिजर्व बैंकले सबै बैंकलाई दुई हजारको नोट जारी नगर्न निर्देशन दिएको छ। ​बैंकले नोट सटहीका लागि ३० सेप्टेम्बरसम्मको समय तोकेको छ। सर्वसाधारणले एकपटकमा २० हजारसम्मको नोट सटही गर्न सक्नेछन्।

भारतले नोभेम्बर २०१६ मा कालोधन नियन्त्रणका लागि भन्दै नोटबन्दी गरेको थियो। त्यसवेलाको ५०० र १००० दरका नोटमा प्रतिबन्ध लगाउँदै २ हजार र ५०० रुपैयाँको नयाँ नोट जारी गरिएको थियो।