नेप्सेसंगै कारोबार रकम पनि बढ्यो

काठमाडाैं, ७ जेठ । आइतबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ।
यस दिन नेप्से परिसूचक ५.८८ अंक बढेर १८८३.२० विन्दुमा पुगेको छ । यस दिन सेन्सेटिभ इण्डेक्स ०.१४ अंक बढेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। यस दिन २७३ स्टकको ३४ हजार ३३१ पटकको कारोबारमा १ अर्ब ६० करोड ४ लाख ९२ हजार रुपैयाँ बराबरको ४८ लाख २८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आइतबार दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन राष्ट्रिय बीमा कम्पनी र आत्मनिर्भर लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
त्यसैगरी, यस दिन सनराइज फोकस्ड इक्विटी फण्डको इकाईमूल्य करिब ८ प्रतिशत बढेको छ भने पोखरा फाइनान्सको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको आदर्श लघुवित्तको शेयरमूल्य यस दिन सर्वाधिक ६.५६ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६ करोड १७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन सर्वाधिक शेयरमूल्य बढेको राष्ट्रिय बीमा कम्पनीको ५ करोड २८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ।