निरन्तर पाँचौ कारोबारमा पनि सामान्य अंकले बढ्यो नेप्से

काठमाडाैं, ८ जेठ । साेमबार पनि नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएकाे छ । याे संगै नेप्से परिसूचक निरन्तर पाँचौ कारोबार बढेकाे हाे ।

यस दिन नेप्से परिसूचक ८.१० अंक बढेर १८९१.३१ विन्दुमा पुगेको छ । त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.५४ अंक बढेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने सामान्य घटेको छ। अघिल्लो कारोबार दिन १ अर्ब ६० करोडको शेयर कारोबार भएको बजारमा २७२ स्टकको २५ हजार ७४६ पटकको कारोबारमा १ अर्ब २७ करोड ८७ लाख रुपैयाँ बराबरको ३४ लाख ९५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

सोमबार आत्मनिर्भर लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन युनिलिभर नेपालको शेयरमूल्य ७ प्रतिशत बढेको छ भने गुडविल फाइनान्सको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ।

यस दिन ग्रीनलाइफ हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ७.३७ प्रतिशत घटेको छ। अन्य स्टकको मूल्य गिरावट दर भने ४ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७ करोड ३४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.४४ प्रतिशत बढेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *