रातो मच्छिन्द्रनाथको रथ तानेर जाउलाखेल पुर्याइयाे

काठमाडौं, ८ जेठ । रातो मच्छिन्द्रनाथको रथ लगनखेलबाट तानेर सोमबार जाउलाखेल पुर्याइएकाे छ ।

वर्षा र सहकालका देवताका रूपमा पुजिने ऐतिहासिक रातो मच्छिन्द्रनाथको रथलाई ललितपुरका विभिन्न स्थानमा घुमाएर आज दिउँसो ३ बजेर ४९ मिनेटमा लगनखेलबाट रथ तानेर जाउलाखेल पुर्याइएकाे हाे ।

वैशाख शुक्ल प्रतिपदामा शुरु गरेर आषाढ शुक्ल चतुर्थी (दुई महिना) सम्म चल्ने रातो मच्छिन्द्रनाथको जात्रा नेपालमा मनाइने जात्रा मध्येकै सबैभन्दा लामो जात्रा मानिन्छ।

मच्छिन्द्रनाथको रथलाई पुल्चोकमा राखेर रथारोहण गरेपछि जात्रा सुरूभएकाे मानिन्छ । मच्छिन्द्रनाथको रथ ललितपुरकै भित्री शहर गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेलमा पुर्‍याएर जात्रा गरेपछि त्यहाँ राखिन्छ ।

जाउलाखेलमा राखिएको मच्छिन्द्रनाथको रथ यात्राको अन्तिम दिन भोटो देखाउने जात्रा हुन्छ। यससँगै मच्छिन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि जात्रा समापन हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *