नेप्से परिसूचक १६.४९ अंक बढ्यो

काठमाडाैं, १० जेठ । बुधबार नेप्से परिसूचक १६.४९ अंक बढेर बन्द भएकाे छ ।

पछिल्लो ७ कारोबार दिनमा नेप्से परिसूचक १४१.७८ अंक बढेको हाे। यस दिन नेप्से परिसूचक १६.४९ अंक बढेर १९५९.१२ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ३.५८ अंक बढेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने सामान्य घटेको छ। यस दिन २७० स्टकको ३४ हजार ८४१ पटकको कारोबारमा १ बर्अ ८७ करोड ३० लाख रुपैयाँ बराबरको ४८ लाख ६५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र यूनिलिभर नेपालको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

त्यस्तै, यस दिन शिवम् सिमेन्ट्स, ग्लोबल आईएमई ब्यालेन्स्ड फण्ड १, स्वाभिमान लघुवित्त वित्तीय संस्था, युनाइटेड इन्स्योरेन्स र सोल्टी होटलको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १४ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

यस दिन १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ।