आईपीएलको उपाधि चेन्नाइलाई

काठमाडौं, १६ जेठ । आईपीएलको उपाधि चेन्नाइले हातपारेकाे छ ।

इन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सलाई पाँच विकेटले पराजित गर्दै चेन्नई सुपर किङ्स
ले उपाधि जितेको हाे ।

२१५ रनको लक्ष्य पछ्याएको चेन्नाइले सुरुवाती ३ बलमा चार रन बनाउँदै गर्दा पानीले खेल रोकिएको थियो ।

पानी रोकिएपछि चेन्नाइले १५ ओभरमा १७१ रनको लक्ष्य पायो । राम्रो सुरुवात गरेर पनि एकपछि अर्को विकेट गुमाएको उसका लागि अन्तिम दुई बलमा १० रन चाहिएको थियो ।

पहिलो बलमा छक्का हानेका रवीन्द्र जडेजाले अर्को बलमा चौका हाने र पाँच विकेटले विजयी भयो ।

यसअघि गुजराजले २० ओभरमा ४ विकेट गुमाएर २१४ रन बनाएको थियो । चेन्नईले आईपीएल सर्वाधिक ५ पटक जित्ने मुम्बई इन्डियन्सको कीर्तिमान बराबरी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *