साताको अन्तिम कारोबार दिन सामान्य बढ्याे नेप्से

काठमाडाैं, १८ जेठ । साताको अन्तिम कारोबार बिहीबार नेप्से सामान्य अंकले बढेकाे छ । तीन दिनको निरन्तर गिरावटपछि अन्तिम कारोबार दिन भने बढेर बन्द भएको हाे ।

यस दिन नेप्से परिसूचक १६.५४ अंक बढेर १८६६.३४ विन्दुमा पुगेको छ । यस दिन सेन्सेटिभ इण्डेक्स २.१९ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.१४ अंक बढेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ । यस दिन २७२ स्टकको २९ हजार ९२२ पटकको कारोबारमा १ अर्ब ६५ करोड ४६ लाख रुपैयाँ बराबरको ६१ लाख २८ हजार कित्ता शयर खरिदबिक्री भएको छ।

यस दिन जोशी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ६.९४ प्रतिशत बढेको छ। त्यसैगरी, बिपीडब्लुको शेयरमूल्य यस दिन ६ प्रतिशतभन्दा बढी बढेको छ भने एशियन हाइड्रोपावर र पाँचथर पावर कम्पनीको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबारमा आएको सनराइज फोकस्ड इक्विटी फण्डको इकाईमूल्य यस दिन सर्वाधिक ६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन पनि प्रभु बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन २३ करोड २१ लाख रुपैयाँ बराबरको संस्थापक शेयर खरिदबिक्री भएको छ।

बिहीबार १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटल तथा पर्यटन, जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।