सुनमा नयाँ रेकर्ड कायम , हालसम्मकै महङ्गाेमा बिक्री

काठमाडौं, १९ जेठ । नेपाली बजारमा सुनले नयाँ रेकर्ड कायम गरेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन अहिलेसम्मकै महँगिएको हाे ।

शुक्रबार छापावाल सुन तोलामा ८ सय रुपैयाँले बढेर १ लाख १३ हजार ३ सय रूपैयाँ कायम भएको छ । बिहीबार १ लाख १२ हजार ५ सय रूपैयाँमा कारोबार भएको सुन शुक्रबार बढे्र नयाँ रेकर्ड कायम गरेकाे हाे ।

त्यस्तै शुक्रबार तेजाबी सुनकाे मुल्य एक लाख १२ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी तोलामा २५ रूपैयाँले वृद्धि भई १ हजार ४३५ रूपैपयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हालै सार्वजनिक बजेटले सुनकाे भन्सार दर ५ प्रतिशत बढाएसँगै सुनकाे मूल्य आकाशिएको महासंघले जनाएको छ ।