ऐतिहासिक रकेर्ड बनाएकाे सुनको भाउ तोलामै १७ सय रूपैयाँले घट्यो

काठमाडाैं, २१ जेठ । लगातार ऐतिहासिक रकेर्ड बनाएकाे सुन तोलामा १७ सय रूपैयाँले घटेकाे छ ।

आइतबार सुन तोलामा१७ सय रूपैयाँले सस्तिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार ६०० रुपैयाँमा काराेबार भएकाे छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ५० रुपैयाँमा कारोबार भइरहेको पनि महासंघले जनाएको छ ।

यसअघि, लगातार तीन दिन सुनको मूल्य वृद्धि भएर नयाँ रेकर्ड कायम गरेको थियो । आर्थिक वर्ष २०८०/८१को बजेट घोषणापछि नै सुन पाँच हजार २०० रुपैयाँले बढोत्तरी भएको महासंघको तथ्यांकमा उल्लेख छ ।