नेप्से परिसूचक ५३ अंकले बढ्याे

काठमाडाैं, २१ जेठ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। आइतबार नेप्से परिसूचक ५३.०३ अंक बढेर बन्द भएकाे हाे । यस दिन नेप्से परिसूचक बढेर १९१९.३७ विन्दुमा पुगेको छ भने
सेन्सेटिभ इण्डेक्स ९.४९ अंक बढेको छ ।

यस दिन २७० स्टकको ३१ हजार २५२ पटकको कारोबारमा १ अर्ब ६५ करोड ६३ लाख रुपैयाँ बराबरको ४५ लाख ५७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन आइएमइ जनरल इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, यस दिन सामुदायिक लघुवित्त, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १, सोल्टी होटल, तारागाउँ रिजेन्सी होटल र महुली लघुवित्तको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १५ करोड ८१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यस दिन सबै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ७.३७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक साढे ४ प्रतिशत बढेको छ।