नेप्से परिसूचक १७. ३८ अङ्कले घट्यो
काठमाडाैं, २२ जेठ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक १७. ३८ अङ्कले घटेकाे छ । यस दिन नेप्से परिसूचक १७. ३८ अङ्कले घटेर १९०१. ९९ अङ्क कायम भएको हो ।
यस दिन दुई सय ७७ कम्पनीको ५६ लाख २० हजार तीन सय ८१ कित्ता शेयर ३६ हजार पाँच सय ६८ पटक खरिदबिक्री हुँदा रू एक अर्ब ९७ करोड ३४ लाख ९१ हजार एक सय सात बराबरको कारोबार भएको छ ।
आज सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै जीवन बीमा समूह एक सय २४. १४ र उत्पादन तथा प्रशोधन समूह एक सय २१. ३० अङ्कले घटेको छ । बैंकिङ समूह ९.१६, विकास बैंक ५०.९५, वित्त १७. ३९, होटल तथा पर्यटन ३२. ०१ अङ्कले घटेको छ ।
त्यसैगरी, लघुवित्त समूह १८.६४, निर्जीवन बीमा समूह ५७.०६, व्यापार समूह ३६ .९४ अङ्कले घटेको छ ।
ग्लोबल आइएमइ ब्यालेन्स्ड फन्ड–१ को शेयर मूल्य आज सबैभन्दा धेरै ८.०२ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने शिवम् सिमेन्ट लिमिटेडको शेयर मूल्य ४. ५० प्रतिशतले घटेको छ ।