नेप्सेसंगै कारोबार रकम पनि बढ्यो

काठमाडाैं, २४ जेठ । साताकाे चाैथाे काराेबारका दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ।
यस दिन नेप्से परिसूचक ४.६८ अंक बढेर १९३२.३३ विन्दुमा पुगेको छ भने सेन्सेटिभ इण्डेक्स ०.३८ अंक बढेको छ ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ । यस दिन २६१ स्टकको ४१ हजार ६१३ पटकको कारोबारमा २ अर्ब ३६ करोड ८८ लाख रुपैयाँ बराबरको ६५ लाख ४१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन युनिक नेपाल लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, यस दिन खप्तड लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८.०२ प्रतिशत बढेको छ भने स्वाबलम्बन लघुवित्तको शेयरमूल्य करिब ६ प्रतिशत बढेको छ।

कारोबार रकमका आधारमा यस दिन सोल्टी होटल शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १० करोड १३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

यस दिन १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ४.९७ प्रतिशत बढेको छ। त्यस्तै, विकास बैंक र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।