नेप्सेमा सामान्य अंककाे निरन्तरता
काठमाडाैं, २५ जेठ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ।
यस दिन नेप्से परिसूचक ७.२७ अंक बढेर १९३९.६१ विन्दुमा पुगेको हाे । यस दिन सेन्सेटिभ इण्डेक्स १.०५ अंक बढेको छ।
यस दिन शेयर बजारमा २७३ पटकको कारोबारमा ४३ हजार १२८ पटकको कारोबारमा २ अर्ब ३० करोड ५८ लाख रुपैयाँ बराबरको ५९ लाख ६२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
बिहीबार दोल्ती पावर र भुगोल इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, यस दिन मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य साढे ८ प्रतिशत बढेको छ।
कारोबार रकमका आधारमा यस दिन आइएमई जनरल इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १० करोड २६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
बिहीबार १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ५.५८ प्रतिशत बढेको छ।
त्यस्तै, यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ भने वित्त र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।