स्लो बाइक, स्कुटर प्रतियोगिता गर्दै युवा संघ
काठमाडौं, २६ जेठ । राष्ट्रिय युवा संघ नेपाल काठमाडौँ महानगर कमिटीले नविनता सृजनशीलता र गतिशीलता भन्ने नारासहित वडास्तरीय स्लो बाइक, स्कुटर प्रतियोगिताको आयोजना गर्ने भएबो छ । युवा संघ नेपाल केन्द्रीय कमिटीको ‘आगामी निर्वाचनमा युवालाई प्राथमिकता’ भन्ने नारासहित चार महिने अभियान सञ्चालन गरेको छ । त्यहि अभियान अन्र्तरगत यो कार्यक्रम गरेको युवा संघ महानगर कमिटीले जानकारी दिएको छ । आगामी असार २ गते यो कार्यक्रम गर्ने युवा संघको तयारी छ । प्रतियोगितामा पहिलो पुरस्कार ३२ हजार, दोस्रो पुरस्कार २० हजार र तेस्रो पुरस्कार १० हजार राखेको पनि युवा संघले जानकारी दिएको छ ।
