विभिन्न २५ भन्दा बढी पिडित सहकारी संस्थाहरू सात दिनदेखि माइतीघर मण्डलामा (भिडिओ)

दिपेन्द्र श्रेष्ठ,

काठमाडाैं, २६ जेठ । विभिन्न २५ भन्दा बढी पिडित सहकारी संस्थाहरू सात दिनदेखि सडकमा आन्दाेलित बनेका छन् ।

सहकारी पीडित बचतकर्ताहरूले सहकारीमा गरेको आफ्नाे बचत रकम फिर्ता नपाएपछि आन्दोलनमा उत्रिएका हुन् । उनीहरू सात दिनदेखि माइतीघर मण्डलामा धर्नामा बसिरहेका छन् ।

पीडित बचतकर्ताहरू ‘सहकारी बचत पीडित महासंघ’ मा आवद्द भएर माइतीघर मण्डलामा आन्दाेलित भइरहेका छन् ।

महासंघले विभिन्न सहकारी संस्था र फरार रहेका व्यक्तिहरूको फोटो सहितका ब्यानरहरू प्रदर्शनमा राखेका छन् । उनीहरूले सहकारीहरू सबै राष्ट्र बैंकमार्फत चल्नुपर्ने, सहकारीलाई सरकारकाे नियन्त्रण हुनुपर्ने, सहकारीलाई खुल्ला छोड्न नहुने, सहकारीका निजी ऐनहरू बन्द गर्नुपर्नेलगाएतका मागहरू राखेका छन् ।

खुसी सहकारी, कान्तिपुर सहकारी, देउराली सहकारी, ओरेन्टल सहकारी, सन्ध्या सहकारी, लसकुस सहकारी, शिवशिखर सहकारी, सिभिल सहकारी, गाैतमश्री सहकारी, शुक्रपथ सहकारी, हाम्राे सहकारीलगाएत २५ भन्दा बढी सहकारी पिडितहरू नाराबाजी गर्दै आन्दोलनमा उत्रिएका छन् ।

पीडित बचतकर्ताहरूले आफुले दु:खगरी कमाएकाे लाखौँ करोडौँ रुपैयाँ सहकारीका सञ्चालकहरूले खाएको आरोप लगाएका छन् ।