नेप्से परिसूचक ४०.४८ अंक बढ्याे, कारोबार रकम ४ महिना यताकै उच्च

काठमाडाैं, २८ जेठ । आइतबार शेयर बजारमा नेप्से परिसूचक ४०.४८ अंक बढेको छ भने कारोबार रकम साढे ४ महिना यताकै उच्च हो।

यस दिन नेप्से परिसूचक ४०.४८ अंक बढेर १९८०.०९ विन्दुमा बन्द भएको छ । यस दिन सेन्सेटिभ इण्डेक्स ६.१० अंक बढेको छ ।

यस दिन २७५ स्टकको ६१ हजार ४५० पटकको कारोबारमा ३ अर्ब ४५ करोड ४३ लाख ४४ हजार रुपैयाँ बराबरको ९५ लाख २८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यस दिनको कारोबार रकम पछिल्लो साढे ४ महिना यताकै उच्च हो।

यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी र सिटि होटलको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हाे।

त्यसैगरी, यस दिन गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, रिलायन्स फाइनान्स, नागरिक लगानी कोष, मकर जीतुमाया सुरी हाइड्रोपावर र हिमालय उर्जा विकास कम्पनीको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबार रकमका आधारमा यस दिन नागरिक लगानी कोष शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ११ करोड ४७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ५.७२ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन लगानी उपसमूहको परिसूचक ५.११ प्रतिशत बढेको छ भने विकास बैंक उपसमूहको परिसूचक ४.६६ प्रतिशत बढेको छ।