साताकाे दाेस्राे काराेबार पनि बढ्याे नेप्से सूचक

काठमाडाैं, २९ जेठ । साताकाे दाेस्राे काराेबार अर्थात साेमबार पनि बढेर बन्द भएकाे छ । यस दिन नेप्से सूचक ७.७९ अंकले बढेर १९८७.८७ विन्दुमा बन्द भएकाे हाे । यस दिन सेन्सेटिभ इण्डेक्स ०.७६ प्रतिशत बढेकाे छ ।

काराेेबारकाे हिसाबमा यस दिन २ अर्ब ८८ करोड ६५ लाख ९ हजार ४१५ रुपैयाँको ७४ लाख ५४ हजार ७ कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन अभियान लघुवित्त र कालिञ्चोक दर्शनको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने भुगोल इनर्जीकाे ९.९९ प्रतिशत, सिटी होटलको ९.९८ प्रतिशत र चन्द्रागिरी हिल्सको ९.९८ प्रतिशतले बढेको छ।

यस दिन सगरमाथा जलविद्युतको शेयरमूल्य ३.९० प्रतिशतले घटेको छ भने युनाइटेड इदी माेदीको ३.८० प्रतिशत र सुपर मादी हाइड्रोपावरको ३.७६ प्रतिशतले घटेको छ।

सोमबार सोल्टी होटलको सबैभन्दा धेरै १५ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने हिमालयन डिस्टिलरीको १० करोड ११ लाख र शिव श्रीकाे ९ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ।