नेप्सेमा वृद्धि कायमै, कारोबार रकम ५ अर्ब नाघ्यो

काठमाडाैं, ३१ जेठ । बुधबार नेप्से परिसूचक बढेर बन्द भएको छ। दिनभरी उत्तरचढापमा रहेकाे नेप्से अन्तिमा आएर बढेर बन्द भएकाे हाे ।

यस दिन नेप्से परिसूचक १६.४२ अंक बढेर २०३७.०६ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ३.८२ अंक बढेको छ ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। यस दिन २७५ स्टकको ७९ हजार ४६१ पटकको कारोबारमा ५ अर्ब १ करोड ७८ लाख रुपैयाँ बराबरको १ करोड २५ लाख ६१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन खप्तड लघुवित्त वित्तीय संस्था र सिटि होटलको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

त्यसैगरी, यस दिन भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी र आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २८ करोड १७ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक २.३५ प्रतिशत बढेको छ भने यस दिन विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक घटेको छ।