वानएक्स बेटमार्फत सट्टेबाजी गरेकाे अराेपमा कलाकार ‘बल्छी ध्रुबे’ सहित ८ जना पक्राउ
काठमाडाैं, ३२ जेठ । प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वान एक्स बेट’मार्फत सट्टेबाजी गरेकाे अराेपमा कलाकार ‘बल्छी ध्रुबे’सहित ८ जना पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कलाकार ध्रुबेसहित आठ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएकाे छ ।
वानएक्स बेटमा सट्टेबाजी खेलाउने र यसको विज्ञापन गरेको आरोपमा पक्राउ पर्नेमा ‘बल्छी ध्रुबे’ नामले परिचित कलाकार मरिचमान श्रेष्ठ सहित ८ जना छन् ।
प्रहरीले तत्कालका लागि उनीहरूको नाम गोप्य राखेको छ। प्रहरीले उनीहरूलाई म्याद थप गरी सार्वजनिक गर्ने तयारी गरिरहेको छ।
पक्राउ परेका कलाकारहरूले युट्युबमार्फत् वानएक्स बेटको विज्ञापन गरेको आरोप छ। युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेको प्रहरीले जनाएकाे छ ।
हिजाे मात्र वानएक्स बेटमार्फत सट्टेबाजी गरेकाे अराेपमा पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो। प्रहरीको अनुसन्धानबाट पाँच जनाले ७४ करोडको कारोबार गरेको खुलेको छ।