यूईएफए नेशन्स कप फुटबलमा इटालीलाई हराउँदै स्पेन फाइनलमा

काठमाडौं, १ असार । यूईएफए नेशन्स कप फुटबल प्रतियोगिताको उपाधिका लागि स्पेन र क्रोएसिया भिड्ने भएका छन् । स्पेनले बिहीबार राति खेलिएको सेमिफाइनल खेलमा बलियो प्रतिद्वन्द्वी इटालीलाई २—१ गोलले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।

बुधबार राति भएको पहिलो सेमिफाइनल खेलमा क्रोएसिया नेदरल्यान्ड्सलाई ४—२ गोलले हराएको थियो ।
दोस्रो पटक क्रोएसिया ठुलो प्रतियोगिताको फाइनलमा पुगेको छ भने यसअघि सन् २०१८ को विश्वकपको फाइनलमा फ्रान्सले क्रोएसियालाई ४—२ गोलले हराएको थियो ।

निर्धारित समयको ११औं मिनेटमा इटालीका सिरो इम्मोबाइलले जवाफी गोल गर्दै पहिलो हाफको खेल १—१ को बरबरीमा टुङ्ग्याएका थिए । सिरोले पेनाल्टीमार्फत गोल गरेका हुन् ।

निर्धारित समयको ८८औं मिनेटमा होजेलुले निर्णायक गोल गर्दै स्पेनलाई फाइनलमा पुर्याएका हुन् । उनी परिवर्तित खेलाडीका रूपमा मैदानभित्र प्रवेश गरेका थिए ।

स्पेनले सन् २०१२ पछि कुनै पनि ठुलो प्रतियोगिताको उपाधि जित्न सकेको छैन ।

सन् २०१२ मा स्पेनले युरो कपको उपाधि चुमेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *