सुनचाँदीको भाउ निरन्तर दाेश्राे दिन पनि बढ्याे

काठमाडाैं, ३ असार । सुनचाँदीको भाउ आइतबार बढेकाे छ । यस दिन सुन तोलामा २०० रुपैयाँले महंगिएको हो । चाँदी पनि यस दिन तोलामा २० रुपैयाँले बढेकाे भएको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ४५० रुपैयाँमा काराेवार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार पनि सुनको मूल्य उकालाे लागेको थियो । त्यस दिन सुन तोलामा ८०० रुपैयाँले बढेर प्रतितोला एक लाख ११ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदी प्रतितोला २० रुपैयाँले महंगिदा एक हजार ४४५ रुपैयाँमा किनबेच भएकाे । अघिल्लो साताको अन्तिम कारोबार दिन पनि चाँदी तोलामा २० रुपैयाँले बढेको थियो ।