नेप्से परिसूचक दुइहजार ९४.३३ विन्दुमा, कारोबार रकम ५ अर्ब नजिक

काठमाडाैं, ३ असार । आइतबार नेप्से सूचक २०९४.३३ विन्दुमा पुगेको छ । लगातार सकारात्मक देखिएको शेयर बजार आइतबारपनि बढेर बन्द भएकाे हाे ।

यसदिन नेप्से परिसूचक ५२.२६ अंकले बढेर २०९४.३३ विन्दुमा पुगेको छ। कारोबार रकम पनि ५ अर्ब नजिक पुगेको छ।

यस दिन ४ अर्ब ८६ करोड ९१ लाख ८४ हजार रुपैयाँ बराबरको १ करोड २० लाख ९५ हजार ९६६ कित्ता शेयर कारोबार भएको छ। एक महिना अघि १ अर्बभन्दा तल रहेको दैनिक कारोबार रकम अहिले बढेर ५ अर्ब हाराहारी पुगिसकेको छ।

बजार निरन्तर बढ्दा लगानीकर्ताको आकर्षण होटल र बिमा कम्पनीहरुमा धेरै देखिएको छ। यस दिन जीवन बीमा उपसमूहको सूचक ६.३९ प्रतिशतले बढेको छ भने होटल उपसमूहको ६.१५ प्रतिशत,अन्य उपसमूहको ६ प्रतिशत र निर्जीवन बीमा उपसमूहको ४.६८ प्रतिशतले बढेको छ।

यस दिन नेपाल इन्स्योरेन्स,प्रभु लाइफ इन्स्योरेन्स,ग्रिन भेन्चर कम्पनी,सुपरमादी हाइड्रोपावर लगायत ६ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ।

त्यस्तै सुभम पावरको शेयरमूल्य सबैभन्दा धेरै ५.५८ प्रतिशतले घटेको छ भने अभियान लघुवित्तको ४.०८ प्रतिशत र भुगोल इनर्जीको ३.७३ प्रतिशतले घटेको छ।

यस दिन शिवम् सिमेन्टको सबैभन्दा धेरै ३६ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको १६ करोड ९२ लाख, सोल्टी होटलको १६ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ।