नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
काठमाडाैं, ६ असार । बुधबार नेप्से परिसूचकमा दोहोरो अङ्कले गिरावट आएको छ ।
यस दिन नेप्से परिसूचक १४.०५ अङ्कले घटेर २०५०. ७८ बिन्दुमा कायम भएको हो । आज विभिन्न दुई सय ७१ कम्पनीका ८६ लाख ५१ हजार एक सय ६४ कित्ता शेयर रू तीन अर्ब ४९ करोड ६८ लाख २२ हजार दुई सय ६० बराबरको कारोबार भएको छ ।
यस दिन होटल तथा पर्यटन, जीवन बीमा उत्पादन तथा प्रशोधन र व्यापार समूहको उपसूचक बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ ।
होटल तथा पर्यटन समूह २३९.५१, जीवन बीमा ११.९६, उत्पादन तथा प्रशोधन १५.०१ र व्यापार समूह २.३६ अङ्कले बढेको छ ।
यस दिन सबैभन्दा बढी विकास बैंक समूहको उपसूचकमा ५२.०५ अङ्कको गिरावट देखिएको छ । त्यस्तै बैंकिङ ९.९९, वित्त २८.०४, जलविद्युत् ४१.८७, लगानी १.२०, लघुवित्त ४०.३८, म्युचुअल फन्ड ०.१३, निर्जीवन बीमा ०.८३ र अन्य समूह ७.३० अङ्कले घटेको छ ।
यस दिन सिटी होटल लिमिटेडको शेयर मूल्यमा आज सबैभन्दा धेरै ९.९७ प्रतिशतको वृद्धि भएकाे छ । सबैभन्दा धेरै गुमाउनेमा भने ग्रीन भेञ्चर्स लिमिटेडको शेयर मूल्यमा ६.९८ प्रतिशतको गिरावट देखिएको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू २३ करोड छ लाख ४१ हजार तीन सय २७ बराबरको चार लाख २३ हजार एक सय ९८ कित्ता शेयर किनबेच भएको छ ।