तराई–मधेसमा एमालेलेलाई मजबुत बनाउने अभियनमा योगेशको मधेस यात्रा

सर्लाही, ९ असार । नेकपा (एमाले) का सचिव एवं सांसद योगेशकुमार भट्टराई पार्टीले मधेस प्रदेशको इञ्चार्जको जिम्मेवारी दिएपछि अहिले त्यहाँका जिल्लाहरुमा संगठन सुदृढीकरण अभियानमा सक्रिय बन्न थाल्नु भएको छ ।

उहाँ त्यहाँका पार्टी कमिटीहरुसँगका भेला, बैठकसँगै त्यहाँको पार्टी संगठनलाई मसिनो गरी बुझ्दै अभियानलाई सक्रिय ढंगले अघि बढाउँदै आउनु भएको छ । पछिल्लो समय उहाँ जिल्लादेखि प्रदेशसम्मका प्रचार भेला गर्ने, सम्पर्क मञ्चहरुका भेला गर्ने जस्ता अभियान चलाउँदै आउनु भएको छ । असार ८ गते उहाँकै नेतृत्वमा मधेश प्रदेशमा जनसंगठनहरुको प्रदेश स्तरीय भेला सम्पन्न भएको थियो । उहाँले केही दिन अघि मात्रै नेकपा एमाले मधेस प्रदेसको जिम्मेवारी ग्रहण गर्दै जानकी मन्दीर दर्शन समेत गर्नुभएको थियो ।

त्यसो त उहाँले मधेस प्रदेशको जिम्मेवारी प्राप्त गरेसँगै मधेस प्रदेशका बुद्धिजीवी, पत्रकार, मधेस मामलाका अध्येताहरुसँग पनि मधेसको राजनीतिक तथा आर्थिक, सामाजिक विषयमा छलफल गर्दै आउनु भएको छ ।

उहाँले मधेस प्रदेशको इञ्चार्जको जिम्मेवारी प्राप्त गरे लगत्तै पार्टी तथा जनसंगठनको परिचालन, वार्षिक कार्ययोजना, जनसरोकारका बिषयलगयतका बारेमा राय–सुझाव लिने उहाँले नेकपा एमाले मधेस प्रदेशका केन्द्रीय सदस्य र सांसदहरुसँग परामर्श बैठक गर्नुभएको थियो । उहाँले मधेश प्रदेसको बैठकसहित ठोस कार्ययोजना निर्माण गरी अघि बढ्ने बताउँदै आउनु भएको छ ।

आज मात्रै पनि सर्लाहीको लालबन्दीमा प्रदेशस्तरीय प्रचार भेला सम्पन्न भएको छ । भेलालाई सम्वोधन गर्दै भट्टराईले आगामी निर्वाचनमा एमालेले प्रतिनिधिसभामा एक्लै १५० सिट हासिल गर्ने दाबी गर्नुभयो । उहाँले एमाले मिसन ८४ मा केन्द्रित रहेको भन्दै प्रतिनिधिसभामा १५० सिट हासिल अभियानका साथ अघि बढ्नु पर्नेमा जोड दिनुभयो । अहिलेको जस्तो टाइम पास सरकारले मुलुकको अर्थतन्त्रसँगै वैदेशिक सम्बन्ध धराशायी बनाउँदै गएको भन्दै त्यसलाई तोड्नु पर्नेमा जोड दिनुभयो ।

संसदमा कमजोर रहेको पार्टीको नेतृत्वमा सरकार बन्नु भनेको मुलुकलाई गलत दिशातर्फ लैजानु हो भन्दै उहाँले देशलाई समृद्धिको दिशामा अघि बढाउन एमाले नै आवश्यक रहेको बताउनुभयो । कुनै समय एमालेलाई मधेश प्रदेशबाट लखेट्न अनेक प्रयास भएको स्मरण गराउँदै उहाँले मधेशका नेता कार्यकर्ताहरु एकजुट भएका कारण उक्त प्रयास असफल भएको बताउनुभयो । अब मधेसमा एमाले थप बलियो बन्नेमा आशावादी रहेको पनि उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *