इन्ट्रा डेमा २२ सय पुगेकाे नेप्से परिसूचक घटेर बन्द

काठमाडाैं, १३ असार । बुधबार इन्ट्रा डेमा २२०५.९७ विन्दुसम्म पुगेको नेप्से परिसूचक घटेर बन्द भएकाे छ ।

यस दिन नेप्से परिसूचक ३५.३७ अंक घटेर २१५०.९९ विन्दुमा पुगेकाे छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.३७ प्रतिशत, फ्लोट इण्डेक्स १.४९ प्रतिशत घटेको छ।

यस दिन २८० स्टकको ८२ हजार ३५९ पटकको कारोबारमा ५ अर्ब ९७ करोड २२ लाख ८६ हजार रुपैयाँ बराबरको १ करोड ३३ लाख ४२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन हिमालयन लाइफ इन्स्योरेन्स, बिपिडब्लु लघुवित्त वित्तीय संस्था र सिटि होटलको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, यस दिन सामुदायिक लघुवित्त र शुभम पावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन ८३ करोड ७० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन शिवम् सिमेन्ट्सको २८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने सोल्टी होटलको २३ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन जीवन बीमा उपसमूहको परिसूचकबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन जीवन बीमा उपसमूहको परिसूचक २.४६ प्रतिशत बढेको छ। कारोबारमा आएको अन्य उपसमूहको परिसूचक यस दिन सर्वाधिक ३.२१ प्रतिशत घटेको छ।