डिशहोममा प्रदर्शन हुँदै प्रेम गीत ३

काठमाडाैं, १४ असार । नेपालसहित विदेशमा समेत एकै साथ प्रदर्शन भएको सर्वाधिक सफल नेपाली चलचित्र “प्रेम गीत ३” डिशहोममा प्रर्दशन हुने भएको छ ।

विभिन्न कारणवस हल सम्म गएर चलचित्र हेर्न छुटाउनु भएका दर्शकहरुले अव डिशहोमको सिनेमाघरमा सपरिवार एकै साथ हेर्न सक्नुहुनेछ ।

“प्रेम गीत ३” यहि असार १५ गते सिनेमाघर च्यानल नं. १०८ मा प्रदर्शन हुँदैछ । सिनेमाघरमा दैनिक ८ शो विहान १, ४, ७, १०, दिउँसो १, ४, साँझ ७ र राती १० वजे प्रदर्शन हुनेछ ।

यस्तै डिशहोमको एक्सभिओडी मा पनि यो चलचित्र उपलव्ध हुनेछ । एक्सभिओडी मा यो चलचित्र उपलव्ध भए पछि आफुले चाहेको समयमा खरिद गरेर हेर्न सकिने छ ।

एक्सभिओडी डिशहोमको सेटटप वक्समा उपलव्ध रहेकाे फिचर हो । यो चलाउनको लागि भने ग्राहकले आफ्नो सेटटप वक्समा वाईफाई वा केवल तार जोडेर इन्टरनेट जोड्नुपर्ने हुन्छ ।

डिशहोममा उपलब्ध यो सेवाले नेपाली चलचित्रहरु सपरिवार तथा आफुले चाहेको समयमा हेर्न सकिने भएको कारण नेपाली चलचित्र प्रति दर्शकहरुको चासो र माया वढ्नुका साथै नेपाली चलचित्रको विकासमा समेत टेवा पुग्नेमा कम्पनीले विश्वास लिएको छ ।