नेदरल्याण्ड्स विश्वकपमा छनोटमा

काठमाडौं, २२ असार । नेदरल्यान्ड्स आईसिसी विश्वकप छनोटको सुपर सिक्स खेलमा विजयी बन्दै विश्वकपमा स्थान बनाएको छ। नेदरल्यान्ड्सले स्कटल्यान्डलाई चार विकेटले हराएकाे हाे ।

स्कटल्यान्डले दिएको २ सय ७८ रनको लक्ष्य नेदरल्यान्ड्सले ४२ दशमलब ५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो।

नेदरल्यान्ड्सको जितमा बास डि लिडेले ९२ बलमा ७ चौका र ५ छक्कासहित १ सय २३ रनको सानदार शतकीय इनिङ खेले। त्यस्तै सकिब जुलफिकर ३२ बलमा ३ चौका र १ छक्कासहित अविजित ३३ रन बनाए।

विक्रमजित सिंह ४९ बलमा ६ चौकाको सहयोगमा ४० रन बनाए। वेस्ली ब्यारेसी ११ र तेजा निडामानिरुले १० रन बनाए। कप्तान स्कट एडवार्ड्सले २३ बलमा ३ चौकासहित २५ रन बनाए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७७ रन बनायो।

स्कटल्यान्डका लागि ब्रेन्डम म्याकमुलनले १ सय १० बलमा ११ चौका र ३ छक्काको सहयोगमा १ सय ६ रन बनाए। ओडिआई करियर दोस्रो शतक म्याकमुलनले १ सय ६ बलमा पूरा गरेका थिए। कप्तान रिचि बेरिंग्टनले ८४ बलमा ३ चौका र २ छक्काको सहयोगमा ६४ रनको अर्धशतकीय ईनिङ खेले । टोमस म्याकिन्टोसले २८ बलमा ५ चौकाको सहयोगमा अविजित ३८ रन बनाए। ओपनर क्रिस्टोफर म्याकब्रिडले ३८ बलमा ६ चौकाको सहयोगमा ३२ रन बनाए। क्रिस ग्रेभ्सले १५ बलमा १८ रन बनाए।

नेदरल्यान्ड्सका लागि बास डि लिडले १० ओभरमा ५२ रन खर्चिएर ५ विकेट लिए। रायन क्लायनले २ तथा लगेन भान बिकले १ विकेट लिए। सुपर सिक्स चरणमा स्कटल्याण्ड र जिम्बाब्वेसँग अंक बराबरी भएता पनि नेट रन रेटमा दुवै टिमलाई पछि पार्दै नेदरल्याण्ड्स छनोट भएको हो।

तिन वटै टिमको ५ खेल खेल्दा ६ अंक रहेता पनि नेदरल्याण्डले अन्तिममा वाजी मारेको हो। श्रीलंका १ खेल खेल्न बाँकी रहंदा ८ अंक छ। श्रीलंका छनोट भइसकेको छ। तीन महिना पछि अक्टोबरमा भारतमा आयोजना हुने एकदिवसीय विश्वकपमा छनोट हुने सबै १० टिमको टुंगो लागेको हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *